बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी

काठमाडौँ– काठमाडौँको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा बुधबार दिउँसो आगलागी भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार करिब पौने १ बजेतिर आगलागी शुरु भएको हो।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको जनाइएको छ। जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको थियो भने आगो नियन्त्रणमा आइसकेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार