मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ– मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर तर्फ (नेपाल तर्फ) सरेको र पूर्वी मध्य नेपालमा एउटा न्युन चापिय क्षेत्रको असर पनि देखिएको छ।

मनसुनको न्यून चापिय रेखा को साविक स्थान भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीसम्म रहेको महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। देशको पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ। पूर्वी तराई भुभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा भइरहेको छ। देशका पूर्वी र पश्चिमी पहाडी भूभागका केही स्थानहरूमा पनि वर्षा भईरहेको छ।

आज बुधबार देशका पूर्वी र मध्य भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मध्य र पूर्वी नेपालका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भूभागहरूका केही स्थानहरुमा र पश्चिमी भूभागको एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बिहिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्वी पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षा हुनसक्छ। राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुनसक्छ महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका देशको केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाको आग्रह छ।

मध्य र पूर्वी नेपालका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने महाशाखाको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार