काठमाडौँ– साउनको तेश्रो हप्तासम्ममा देशभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको साउन १८ गतेकोे तथ्यांक अनुसार देशभर ११ लाख ७९ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
यसवर्ष गतवर्षको तुलनामा ३ दशमलव ६२ प्रतिशत कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ। गतवर्ष यही समयमा देशभर १२ लाख २९ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा गरी ८९ दशमलव ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले तथ्यांक छ।
कुन प्रदेशमा कति?
साउन १८ गतेको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९५ दशमलव ३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम प्रदेश १ मा ८० दशमलव १३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
त्यसैगरी प्रदेश २ मा ८१ दशमलव ९९ प्रतिशत, प्रदेश ३ मा ८८ दशमलव ६७ प्रतिशत, गण्डकी प्रदेशमा ८६ दशमलव ५९ प्रतिशत, प्रदेश ५ मा ८८ दशमलव ८६ र कर्णाली प्रदेशमा ९४ प्रतिशत १० रोपाइ सम्पन्न भएको कृषी तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ।

यही समयमा अघिल्लो वर्षको तथ्यांकलाई हेर्दा पनि सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा ८४ दशमलव ४६ प्रतिशत धान रोपाइँ भएको थियो।
भौगोलिक क्षेत्र अनुसार रोपाइँको अवस्था
भौगोलिक क्षेत्र अनुसार रोपाइँको अवस्थालाई हेर्दा हालसम्म सबैभन्दा बढी उच्च पहाडी क्षेत्रमा ८८ दशमलव ८४ प्रतिशत र सबैभन्दा कम तराईमा ८५ दशमलव ६३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मध्य पहाडमा भने अहिलेसम्म ८६ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
अघिल्लो वर्ष यसैसमयको तथ्यांकलाई हेर्दा उच्च पहाडमा सबैभन्दा बढी ८९ दशमलव ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने मध्य पहाडमा ८९ दशमलव ६५ प्रतिशत र तराईमा ८९ दशमलव ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।





