बागलुङ– गलकोट नगरपालिका–११ रिघा, फेँदीमा आज मंगलबार बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ।
पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको हो।
लोकमार्ग खुलाउन प्रयास भइरहेको जनाइएको छ। हटियाबाट डोजर आउँदै गरेको र डेढ÷दुई घण्टामै लोकमार्ग सञ्चालन हने वडाध्यक्ष डम्बर श्रीसले जानकारी दिए।
पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन्।
उता, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पु¥याएपछि सोमबारदेखि नै यातायात सेवा प्रभावित बनेको छ। त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ।