भालुको आक्रमणबाट पश्चिमी रसुवामा वृद्धा घाइते

रसुवा– भालुको आक्रमणबाट पश्चिमी रसुवामा एक वृद्धा गम्भीर घाइते भएकी छन्।

प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार भालुको आक्रमणबाट हाकु आमाछोदिङ्मो गाउँपालिका–ं१ की ७० वर्षीया निमा तामाङ घाइते भएकी हुन्। तामाङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। गोठमा बाख्रा हेर्न जाँदा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट गोठमा रहेका चार बाख्रासमेत मरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार