वातावरणलाई ख्याल गरेर निजगढ विमानस्थलः पर्यटनमन्त्री भट्टराई

काठमाडौँ– नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले वातावरण लगायतका अन्य विषयहरु सम्बोधन गरेर निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने बताएका छन्।

संसदमा अन्तर्राष्ट्रिय सम्वन्ध समितीको बैठकमा बोल्दै उनले विमानस्थल निर्माण गर्दा वातावरणिय क्षतिलाई सकेसम्म न्यूनीकरण गरिने बताए।

उनले भने,‘उठेका विभिन्न समस्याह–को समाधान हुन्छ, कम भन्दा कम वातावरणीय क्षति हुने गरि निर्माण गरिने छ ।’ निजगढ विमानस्थल निर्माण गर्दा ठूलो मात्रामा वातावरणिय क्षति हुने भन्दै सरोकारवालाले आवाज उठाईरहेका छन्।

साथै, यहाँको जैविक विविधतामा समेत असर गर्ने बताइएको छ । मन्त्री भट्टराईले सो विमानस्थलको शिलन्यास यसै वर्ष हुने बताए। विभिन्न विदेशी कम्पनीले सो विमानस्थल निर्माणको लागि रुचि देखाए पनि अहिलेसम्म लगानीको टुंगो भने लागिसकेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार