दुई महिनापछि चल्यो खरिबोट–बनस्थली रूटमा सार्वजनिक यातायात

काठमाडौँ– स्थानीयको अवरोधले दुुई महिना देखि रोकिएकाे खरिबोट–बनस्थली रुटमा आइतबार देखि सार्वजनिक गाडीहरू चल्न थालेका छन्।

स्थानीयसँग विविध पक्षमा सम्झौता गरेपश्चात आइतबार देखि उक्त रुटमा सार्वजनिक गाडी सञ्चालनमा आएको बालाजु यातायात प्रा.लीका सञ्चालक राजेन्द्र मानन्धरले जानकारी दिए।

‘स्थानीयवासी र हामी मिलेर एउटा समिति गठन गरेका छौँ,’ उनले भने, ‘उक्त समितिले गाडीको अवस्था बारे निरिक्षण गर्नेछ।’ सवारी चालकले तोकिएको भन्दा बढी गतिमा गाडी चलाउन नपाउने भएकोले उक्त समितिले निरीक्षणको काम गर्ने उनको भनाइ छ।

मानन्धरका अनुसार तीव्र गतिमा मनपरी ढङ्गले सवारी चलाउने चालकलाई आवश्यक कारबाही गर्ने सम्झौता भएपछि गाडी चल्न थालेको हो।

स्थानीयबासी र यात्रुहरूले पनि गाडीको अनियमितता बारे गुनासो गरिदिने हो भने चालकहरू स्वयम् सचेत भइ कम दुर्घटना हुने उनको भनाइ छ।

यसअघि सुन्धारा पुग्ने गाडीहरू वनस्थलीबाटमात्र छुट्ने गरेका थिए। सम्झौतापश्चात उक्त गाडीहरू खरिबोटबाटै सञ्चालन भएका छन् । उक्त रूटमा चल्ने माइक्राेले स्थानीयलाई ठक्कर दिएपछि स्थानीयले सार्वजनिक सवारी सञ्चालनमा राेक लगाएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार