काठमाडौँ – ऐतिहासिक रानीपोखरी पुनर्निर्माणमा महिला कामदारहरू खटिएका छन् । भक्तपुरका ६० महिलाहरू अहिले २०७२ को भूकम्पले क्षतिग्रस्त रानी पोखरीको पुनर्निर्माणको काममा व्यस्त छन्।
पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद उत्पन्न भएको रानीपोखरी पुननिर्माणको काम हाल धमाधम भइरहको छ।
मन्दिरको विवाद सुल्झेसँगै भक्तपुरको महिला उपभोक्ता समितिका महिलाहरू पोखरीको पुनर्निर्माणमा लागेका हुन।
पोखरीलाई परम्परागत प्रविधिमा पुनर्निर्माण नगर्दा त्यसको मौलिकता हराउने मात्र होइन पानी पनि नअडिने भएपछि सरकारले भक्तपुरका महिला कामदार ल्याएर खटाएको हो। रानीपोखरीमा मात्र नभइ उपत्यकाको अन्य पोखरीको पनि पुनर्निर्माणको जिम्मा उनीहरूलाई नै दिइएको छ।









