देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था छ। देशका थोरै स्थानम हल्का वर्षा भइरहेको छ।

आगामी तीन दिन (बुधबार, बिहिबार, शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

आगामी २४ घण्टा देशको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार