पर्वत– पहिरोका कारण घरबारबिहीन बनेका भएका २२ परिवारले एक वर्षपछि नयाँ घर पाएका छन्। पर्वतको जलजला गाउँपालिका–४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो।
गत वर्ष साउन १ गतेको बाढी र पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सीजीके र आईएनफए संस्थाको सहयोगमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो। जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, वडा नं ७ लस्तीमा चार र वडा नं ४ मिलनचोकमा रु ९३ लाख ९४ हजारको लागतमा पहिरोपीडितका लागि दुईकोठे घर निर्माण गरिएको हो।
पीडितलाई घर बनाउन जग्गा उपलब्ध गराएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए। गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र प्रजिअ कल्पना घिमिरेले घर हस्तान्तरण गरेका हुन्। पहिरोपीडित अधिकांश दलित समुदायका रहेका छन्।





