Friday, September 27, 2024

तल्लो चमेलिया सञ्चालनको माग

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले तल्लो चमेलिया आयोजना सञ्चालनका लागि सङ्घीय सरकारसँग अनुमति माग गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तल्लो चमेलिया आयोजना सञ्चालनका लागि सङ्घीय सरकारसँग अनुमति माग गर्ने निर्णय गरेको हो।

तल्लो चमेलिया आयोजना सञ्चालनका लागि यसअघि नै केन्द्र सरकारले सम्भाव्यता अध्ययन गरिसकेको छ।

भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले सङ्घले अनुमति दिए यसैवर्ष प्रदेश सरकारले १८ देखि २० मेगावाट जलविद्युत उत्पादन क्षमता आयोजनाको काम अगाडि बढाउने बताए।

अनुमति प्राप्त भएमा यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गर्ने प्रदेश सरकारको भनाइ छ। निजी तथा स्थानीय तहसमेतको साझेदारीमा जलविद्युत आयोजना अगाडि बढाइने प्रदेश सरकारले बताएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा तल्लो चमेलिया आयोजनाका लागि १० करोड रुपैयाँ विनियोजन समेत गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार