Friday, September 27, 2024

चार वर्षमा भारतमा वाघको संख्या ३० प्रतिशतले वृद्धि

काठमाडौं । छिमेकी मुलुक भारतमा वाघको संख्या गत चार वर्षमा ३० प्रतिशतले बढेको छ । चार वर्ष अगाडी गरिएको सर्वेक्षणमा २,२,२६ वाघ भेटिएकोमा सन् २०१८ मा त्यो बढेर २,९६७ पुगेको छ ।
सोमबार विश्व वाघ दिवसको उपलक्ष्यमा संख्या सार्वजनिक गदै भारतिय प्रधानमन्त्रीले यसलाई ऐतिहासिक उपलब्धी भनेका छन् । उनले वाघका लागि भारत विश्वको सबैभन्दा सुरक्षित र ठूलो वासस्थान भएको दावी गरेका छन् । संरक्षणविद्हरुले भने वाघको संख्या संरक्षित क्षेत्रमा मात्र वढेको तर अन्य क्षेत्र भने वाघका लागि त्यति सुरक्षित हुने नगरेको दावी गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार