दक्षिणी चीनको पहिरोमा ३६ जनाको मृत्यु, १५ बेपत्ता

चीन– दक्षिणी चीनमा मङ्गलवार गएको पहिरोमा ३६ जनाको मृत्यु भएको छ भने १५ जना अझै बेपत्ता छन्।

सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिँएका हुन्।

चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचारसंस्थालाई बताएअनुसार सो पहिरोबाट ४० जनालाई उद्धार गरिएको छ। यो घटना चीनका केही क्षेत्रमा अविरल वर्षा भइरहँदा भएको जनाइएको छ।

सन् २०१७ को अगस्टमा उत्त क्षेत्रमा पहिरो जाँदा ३० जनाको मृत्यु भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार