काठमाडौँ– मनसुनको न्यून चापिय रेखा नेपालको तराई भुभाग भन्दा दक्षिण तर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदलीको अवस्था छ। देशका पश्चिमि पहाडी भूभागका केही स्थानहरूमा वर्षा भईरहेको छ।
आज, भोलि र पर्सी (सोमबार मंगलबार र बुधबार) देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टा मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





