सर्लाही– गोडैता नगरपालिकामा बाढीबाट प्रभावित भएकालाई राहत वितरण गरिएको छ। सेभ द चिल्ड्रेन नेपालको सहयोगमा राष्ट्रिय रोजगार प्रवद्र्धनको सहजीकरण तथा गोडैता नगरपालिकाको समन्वयमा आइतबार बाढीबाट प्रभावित भएका ३३० लाई राहत वितरण गरिएको हो।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बाढी प्रभावितलाई राहत हस्तातरण गरेको थियो। जनही सात हजार बराबरको समान वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम संयोजक सुजितकुमार चौधरीले जानकारी दिए।
वितरण गरिएको सामग्रीमा खानेपानीको फिल्टर, डोरी, त्रिपाल, झुल, महिला तथा विद्यार्थी कीट रहेको छ। यसअघि साउन ३ गते पनि २०७ जना बाढी प्रभावितलाई सेभ द चिल्ड्रेन नेपालको आर्थिक सहयोगमा गोडैता नगरपालिकामा राहत वितरण गरिएको थियो।





