मुम्बई– अविरल वर्षाका कारण मुम्बईको अधिकाश शहर डुवानका परेका छन्। साथै शहरहरू जलमग्न हुँदा मानिसहरूको जनजीवन अस्तव्यस्त भएको छ।
त्यसैगरी, बदलापुर र वांगणीको बीचको रेलवे ट्रैकमा पानी भरिएका कारण मुंबई कोल्हापुर महालक्ष्मी एक्सप्रेस ट्रैकमा फसेको थियो।
उल्हास नदीमा आएको बाढीमा कारण नदीको पानी आसपासको क्षेत्रमा भरिएपछि रेलवे ट्रैक डुवानमा पारेको बीबीसीले जनाएको छ।
रेल करिब १२ घण्टा डुबानमा परेको थियो । यात्रुहरूको उद्धार पनि १२ घण्टा पछि मात्र भएको थियो।

केन्द्रीय रेलवेको प्रमुख सूचना अधिकारी सुनील उदासीका अनुसार उक्त रेलबाट एक हजार ५० यात्रीहरूको सुरक्षित उद्धार गरिएको थियो। उद्धारको लागि वायुसेनाको हेलिकप्टर पनि परिचालन गरिएको बताइएको छ। रेल फसेको स्थान मुंबई भन्दा १०० किलोमिटर टाढा रहेको थियो ।
वरपर डुवान भएपछि रेल्वे प्रशासनले यात्रुहरूलाई रेलमै बस्न अनुरोध गरेको थियो र उनीहरूलाई निर्देशनको प्रतिक्षा गर्न भनिएको थियो। उद्धारमा समय लाग्दा यात्रुहरु १५ घन्टासम्म भोकैभोकै बस्न बाध्य भएका थिए ।
यसैगरी, मुम्बई र त्यसको आसपासको क्षेत्रमा पनि भारी वर्षाको कारण कष्टकर भएको छ। घर, सडकमा पानी भरिएको छ। सडकमा पानी भरिएका कारण यातायात प्रभावित भएको छ।
मुम्बई, ठाणे र नवी मुम्बईमा आज पनि बिहानबाट भारी वर्षा भइरहेको जनाइएको छ। रमेशवाडी, बेलवली, शनिनगर, वालीवली र पुनेमा सानेवडी, हेन्द्रेपाडा क्षेत्रमा दुई तीन फिटसम्म पानी भरिएको छ।
खराव मौसमका कारण मुम्बईको सात उडान रद्द गरिएको थियो तर अहिले मुम्बईको अन्तर्राष्ट्रिय विमान स्थलमा समान्य उडान सञ्चालन भइरहेको छ।
मौसम विभागले केही स्थानहरूमा भारी वर्षको सम्भावना रहेको जनाएको छ। अत्याधिक वर्षाका कारण मौसम विभागले केही क्षेत्रहरूमा अरेन्ज (सर्तक) अर्लट जारी गरेको छ।





