काठमाडौँ– मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली भई थोरै स्थानहरूमा वर्षा भईरहेको छ।
आज आईतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। राती देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आगामी २४ घण्टा मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





