Friday, September 27, 2024

प्रदेश २ : बाढीले कृषिमा साढे तीन अर्बको क्षति

काठमाडौँ –अत्यधिक वर्षाका कारण आएको बाढीले प्रदेश २ को कृषिमा साढे तीन अर्ब क्षति गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार बाढीले बालीतर्फ एक अर्ब ९७ करोड र पशुपन्छीतर्फ एक अर्ब ६२ करोड रुपैयाँको क्षति पु¥याएको छ। असारमा परेको अविरल वर्षाका कारण बाढी सो क्षति गरेको हो।

मन्त्रालयका अनुसार ७७ हजार ३४ हेक्टर जमिनमा लगाएको धानको ब्याड, धान, तरकारी, चैते धान, मकैबाली, फलफुल र केरामा क्षति भएको छ।

त्यसैगरी माछातर्फ दुई हजार दुई सय ३० हेक्टरमा बनाइएका माछा पोखरीबाट दुई हजार आठ सय टन तयारी माछा तथा माछाका भुरा बगेर नष्ट भएको छ।

पशुपन्छीतर्फ मुख्य गरी गाई, भैँसी, गोरु, बाख्रा, कुखुरा र हाँसलाई क्षति पुगेको छ।

ताजा समाचार

सम्बन्धित समाचार