Friday, September 27, 2024

भारतले धौलीगंगा जलविद्युतको बाँधका ढोका खोल्दै, महाकाली नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलाली–जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।

भारतको धौलीगंगा जलविद्युत् परियोजनाले साउन १३ गते १२ बजे रातीदेखि १४ गते साँझसम्म बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन कार्यालयले आग्रह गरेको हो।

भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका लालीसम्मको महाकाली तटीय क्षेत्र जोखिममा रहने जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार