ललितपुर– ललितपुरस्थित जावलाखेल सडक आसपासको सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको छ।
शुक्रबार बिहान प्रशासनले वातावरणीय प्रभाव र दुर्घट्नालगायतलाई ध्यानमा राखेर सडक छेउमा बनाइएका टहराहरू र त्यहाँ राखिएका पसलहरु डोजर लगाएर हटाइएको हो।
गृहमन्त्रालय र अख्तियारले समेत सो क्षेत्रका टहरा हटाउन भनेको जनाइएको छ।
सो सार्वजनिक जग्गामा गत ५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन गरिँदै आएको थियो।





