गर्मीले युरोपेली मुलुकहरूमा कीर्तिमान तोड्यो, जनजीवन प्रभावित

पेरिस– पश्चिमी युरोपका अधिकांश भागहरूमा तापक्रमले रेकर्ड तोडिरहेको छ। पछिल्लो महिनामा पनि मानिसहरूले अत्यधिक गर्मीको सामना गरेका थिए। एकै महिनामा यो दोस्रो पटक ‘हिटवेव’का कारण मानिसहरूको जीवन प्रभावित भइरहेको छ।

पेरिसको तापमान ४१ डिग्री पुगेको छ। यस तापमानलाई मध्य नजर गर्दै उत्तरी फ्रान्समा रेड अर्लट जारी गरिएको छ।

ब्रिटेनको तापक्रम ३९ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ। रेलहरूलाई कम गतिमा चलाउनको लागि आदेश दिइएको बीबीसीले जनाएको छ। त्यसैगरी, बेल्जियम, जर्मनी र डचमा दुई दिनमा दोस्रो पटकको लागि तापक्रमको रेकर्ड तोडिएको छ ।

बेलायतको राष्ट्रिय मौसम विभागका अनुसार जलवायु परिवर्तनको कारण यूरोपमा तापक्रममा वृद्धि भएको हो।

पेरिसको प्रशासनले अन्य राज्यहरूमा पनि रेड अर्लट जारी गरेको छ। देशको अधिकांश भागमा तापक्रम ४२–४३ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ।

बेल्जियम, जर्मनी र नेदरल्याण्डमा पहिला नै अहिलेसम्मको उच्चतम तापमान रेकर्ड गरिएको थियो। बुधबार बेल्जियममा ३९.९ डिग्री, जर्मनीमा ४०.५ डिग्री र नेदरल्यान्डमा ३९.३ डिग्री मापन गरिएको छ।फ्रान्सका मानिसहरूलाई घरबाट बाहिर नआउन सल्लाह दिइएको छ। सम्भव भएसम्म घरबाट काम गर्न भनिएको छ। बच्चाहरूको नर्सरी पनि बन्द गरिएको छ।

नाँट्रे–डम चर्च पुनर्निर्माण गर्ने मुख्य आर्किटेक्टलाई अत्यधिक गर्मीको कारण चर्चको छत खस्न सक्ने चेतावनी दिएको छ।

फ्रान्सको मिडियाको अनुसार अहिलेसम्म गर्मीका कारण ५ जनाको मृत्यु भएको छ। यस वर्षको गर्मीलाई सन् २००३ को गर्मीसंग तुलना गरिँदै छ। त्यस समयमा लगभग १५ हजारको मृत्यु गर्मीको कारण भएको थियो।

नेदरल्यान्ड्समा यो हप्ता गर्मीको कारण सयौं सुँगुरको मृत्यु भयो। त्यसबाहेक, बेल्जियमबाट लण्डन जाने रेल बुधवार बिहान बिग्रिएको थियो जसका कारण सयौं यात्रुहरू गर्मीमा फसेका थिए ।

पछिल्लो महिना युरोपको थुप्रै भागहरूमा अत्याधिक गर्मी थियो जसका कारण सबैभन्दा तातो वर्ष रेकर्ड कायम भयो। फ्रान्समा अहिलेसम्मको रेकर्ड तोडियो र तापक्रम ४६ डिग्री पुग्यो।

यसबाहेक चेक गणराज्य, स्लोवाकिया, अस्ट्रिया, लक्जमबर्ग, पोल्याण्ड र जर्मनीमा पनि जुन महिनामा तापमान निकै उच्च थियो।

अधिक गर्मी हुनु सामान्य हो। तर यूकेको मौसम विज्ञान विभागका अनुसार जलवायु परिवर्तनको कारणले गर्दा अत्यधिक तापक्रमका घटनाहरू बढेको छ र मानिस हरेक वर्षको कडा गर्मीको सामना गरिरहेका छन्।

बीबीसी ५ लाइभ कार्यक्रममा मौसम विभागको डाक्टर पीटर स्टोले भने, यस वर्ष गर्मीले ‘मौसम र वातावरण’ को रेकर्ड तोड्दै छ।’

मौसम विभागले गत वर्ष गरेको अध्ययन अनुसार सन् १७५० मा भन्दा अहिले यूकेमा ३० गुणा बढी गर्मी छ। यो पर्यावरणमा कार्बन डाइअक्साइड (हरितगृह ग्याँस) को वृद्धिको कारण मानिएको छ।

तस्बिर सौजन्य: बीबीसी

ताजा समाचार

सम्बन्धित समाचार