Friday, September 27, 2024

शुक्रबार पहिरोले कुन–कुन राजमार्ग अवरुद्ध छ? हेर्नुहोस् विस्तृतमा

काठमाडौँ– वर्षाका कारण पहिरो जाँदा देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन्।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपकालिन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाका कारण शुक्रवार उदयपुर कटानी –१४ घुर्मी भदौरे खोलामा पहिरो जाँदा सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ।

केन्द्रले धनकुटा सिस्ने र गर्जुवामा लेदो बगेर सडकमा थुप्रिएको कारण कोसी लोकमार्ग,भोजपुर नगरपालिका–१० मिलनचोक स्थित(लेगुवा भोजपुर)माथिबाट ढुङ्गा खस्दा मध्य पहाडी लोकमार्ग,खोटाङ हलेसी टुवाचुङ नगरपालिका –लोकबरमा पहिरो जाँदा दिक्तेल–हलेसी र भट्टेडाँडा आग्राङ टुङगुनमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको जनाएको छ।

त्यसैगरी मकवानपुर ईन्द्रसरोवर नगरपालिका –सल्लेमा पहिरो जाँदा हेटौडा,कुलेखानी,फाखेल–काठमाडौँ सडक अवरुद्ध भएको छ।

त्यस्तै मकवानपुर पापि खोल्सामा पहिरो जाँदा सिस्नेरी दक्षिकालि हुँदै काठमाडौँ जाने सडकखण्ड,रसुवा गोसाईंकुण्ड गाउँपालिका –५ तातोपानी स्याफ्रुबेशी–मैलुङ्ग र जाजरकोट शुभकालिका गाउँपालिका–१ ग्गनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार