गुणस्तरहीन विकासका कारण बाढी आयो: मन्त्री पोखरेल

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरहीन विकासका कारण महोत्तरीमा बाढी आएको बताएका छन्।

गत असार २८ गतेको बाढीले जिल्लामा मानवीय तथा भौतिक क्षति पु¥याएपछि आज गृह जिल्ला भ्रमणमा गएका मन्त्री पोखरेलले जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मलेन गर्दै जिल्लाको रातो, विग्हीजस्ता नदीमा गुणस्तरहीन तटबन्ध तथा बाँधका काम भएको टिप्पणी गर्नुहुँदै सोही कारण जिल्लामा विनाशकारी बाढी आएको बताए। उनले नदीजस्तो संवेदनशील क्षेत्रमा सानो सानो टुकटीमा बजेट बाँडेर काम गराउँदा गुणस्तरहीन काम गरिएकाले बाढीले तटबन्ध र बाँध कटान गरी गाउँ बस्ती डुबानमा पार्नुका साथै मानवीय क्षति पु¥याएको प्रष्ट्याए ।

मन्त्री पोखरेलले बाढीबाट प्रभावित जिल्लावासीलाई स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे। उनले स्थानीय सरकार तुरुन्त पीडित कहाँ पुगेर आवश्यक सहयोग गर्न, प्रदेश सरकारसँग सहयोग माग्न र सङ्घीय सरकारले सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

ताजा समाचार

सम्बन्धित समाचार