सिन्ह्वा – चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तमा आएको पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनाको उद्धार गरिएको छ। अझै ३० जना वेपत्ता रहेका छन्।
मङ्गलबार राती ९ः२० बजे सो क्षेत्रमा पहिरो खसेकाले २१ ओटा घर बगेको र ५० भन्दा बढी मानिस त्यहाँ फसेको उद्धारकर्ताहरूले जानकारी दिएका छन्।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन्। उद्धार गरिएका व्यक्तिको अस्पतालका उपचार भइरहेको छ।





