आयआर्जनका लागि निःशुल्क बिरुवा वितरण

पोखरा – वातावरण संरक्षण एवं स्थानीय बासिन्दाको थप आयआर्जनमा सहयोग पु-याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–२४ स्थित बडरे क्षेत्रमा निःशुल्क बिरुवा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लेकसाइडद्वारा तरकारी, फलफूल तथा घाँसलगायत विभिन्न जातका एक हजार २५० वटा बिरुवा वितरण गरिएको हो ।

सो अवसरमा एभोकाडो, कागती, कफी, लप्सी, तेजपत्ता, निमारो, बकाइनो, अम्बा, कुरिलो, चाँप, कपुर, शीतल, चिनीलगायतका रु ५५ हजार बराबरका बिरुवा वितरण गरिएको क्लबले जनाएको छ।

सोही स्थानमा सञ्चालित इन्द्रेणी अर्गानिक तरकारी फर्मका सञ्चालकसमेत रहनुभएका ढकालका अनुसार सो क्षेत्रमा बाँझिएको जमीनलाई उत्पादनमूलक बनाउँदै स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेछ ।

चिप्लेटी कृषक समूहका उपाध्यक्ष माया तिमिल्सिनाले ‘सके तरकारी उत्पादन गरेर बिक्री गरौँ, नसके पनि किनेर नखाउँ’ भन्ने नाराका साथ गठन गरिएको समूहले यसअघिदेखि नै अभियानका रुपमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार