Friday, September 27, 2024

झोलुङ्गे पुल सञ्चालनमा

बाजुरा–बडिमालिका नगरपालिकाको भैतमी खोलामा झोलुङ्गे पुल सञ्चालनमा आएको छ।

नगरपालिकाको वडा नं ८ को दुदुली र वडा नं ९ को मोटेडाँडा जोड्ने भैतमी खोलामा रहेको झोलुङ्गे पुल बुधबारबाट सञ्चालनमा आएको हो।

उक्त झोलुङ्गे पुलको बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले उद्घाटन गरेकी थिइन्।

नगरपालिका र पिसवीन बाजुराको संयुक्त लगानीमा पुलको निर्माण गरिएको थियो। उक्त पुल निर्माणमा २७ लाख लागत लागेको उपप्रमुख विष्टले बताइन ।

पुलको निर्माण कार्य गत फागुनबाट सुरु गरिएको थियो। पुल सञ्चालनमा आएसँगै नगरपालिकाका रिठीजेउड्या, बाह्रलिगं, पिँधे, बाघडाँडा, दुदुली र मोडेडाँडाका तीन सय घरपरिवार लाभाम्वित भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार