बाढीपीडितले रोपे चार हजार बोटबिरुवा

कैलाली– कैलारी गाउँपालिका–५ का बाढी पीडितहरूले चार हजार बोटबिरुवा रोपेका छन्।

बाढीका कारण विस्थापित भएका बैजपुरका स्थानीयहरूले पाँच विगाहा जमिनमा चार हजार बोटबिरुवा रोपेका हुन्।

बैजपुरका पूर्व भन्मन्सा प्रकाश बौखाहीका अनुसार बिरुवा पवेरा सामुदायिक वन उपभोक्ता समूहको पहलमा बसन्ता रेन्जपोष्टले उपलब्ध गराएको थियो।

धान रोपाइँ सकेर बसेका स्थानीयहरूले फुर्सदको समय सदुपयोग गर्दौ गाउँभरिका महिला पुरुष मिली वृक्षरोपण तथा त्यसको संरक्षणमा लागी तारजाली समेत लगाएको भल्मन्सा बौखाहीले बताए।

उनका अनुसार लिप्टीस, औरा, सेमरा, गुलमोहर, बबुर, बाँस सिसुवा जातका बिरुवा रोपेको छ।

त्यसैगरी आफ्नो गाउँघर हरियाली बनाउनका लागि प्रत्येक घरमा पाँच–पाँच बिरुवा लगाउन समेत सहमत भएका छन्।

उनका अनुसार वि.स २०६४ सालमा आएको बाढीका कारण सम्पूर्ण बस्ती नै विस्थापित भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार