दोर्दीखोला बाढी: ६ जना वेपत्ता, ८ घाइते

लमजुङ– दोर्दीखोला बाढीमा परी ६ जना वेपत्ता भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनी माथी लेकबाट गएको बाढीमा ८ जना घाइते भएका छन्। घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ।

घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ। ६ जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए।

शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको जनाइएको छ।

चारवटै शव परीक्षणका लागि बेँसीशहरको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार