आज पश्चिम तराई र पूर्वमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ– मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा अझ दक्षिण तिर सर्ने देखिएकाले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली भई देशका पूर्व र पश्चिमका केही स्थानहरूमा वर्षा भईरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरूमा भारीको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रही केही स्थानहरूमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरूमा भारीको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रहि केही स्थानहरूमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरूमा भारीको सम्भावना छ।

शनिवार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुनेछ। राती देशभर सामान्य बदली रहि देशका केही स्थानहरूमा वर्षा हुनेछ ।

आगामी २४ घण्टाका देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका खोलाहरूमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अपनाउन महाशाखाले आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार