लुम्पेकको पहिरोमा घाइते भएका दुई बालिकालाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ– गुल्मीको सत्यवती गाउँपालिकास्थित लुम्पेकको पहिरोमा परी घाइते भएका दुई बालिकालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा राहत लिएर गएको हेलिकप्टरमा राखेर स्थानीय १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुलाई थप उपचारका लागि आज काठमाडौँ ल्याइएको जनाइएको छ।

उनीहरुलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

मन्त्री ज्ञवालीसहितको टोली मङ्गलबार पहिरो प्रभावित क्षेत्रमा गएको थियो। आज हेलिकप्टरबाट घाइते दुई बालिकाको उद्धार गरी टोली फर्किएको हो ।

पहिरो पीडितलाई २० क्वीन्टल चालम, दुई क्वीन्टल दाल, एक क्वीन्टल चिउरा तथा चाउचाउसमेत वितरण गरिएको छ। उनीहरुलाई अस्थायी वासस्थानका लागि ६० वटा त्रिपालसमेत वितरण गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार