राष्ट्रिय जनमोर्चाद्वारा बाढीपहिरोको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा बाढीपहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पुगेकामा दुःख व्यक्त गरेको छ।

आज बुधबार पार्टीका महासचिव जनकराज शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका हुन्।

गुल्मी जिल्ला सत्यवती गाउँपालिका–३ र ४ को लिम्घामा मृत्यु तथा बेपत्ता भई ठूलो जनधनको क्षति भएको खबरले पार्टी स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न, पहिरोबाट विस्थापित परिवारलाई तत्काल पुनस्र्थापना र पीडित परिवारहरुलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ।

पहिरो, बाढी र डुबानको उच्च जोखिममा रहेका मानव बस्तीलाई समयमै सुरक्षित व्यवस्थापन गर्नेतर्फ सरकारलाई आग्रह गर्दै विज्ञप्तिमा घटनाका पीडितको उद्धार तथा सबै प्रकारका सहयोग गर्नका लागि पार्टी निकट सबै सङ्गठनलाई निर्देशन दिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार