Sunday, March 23, 2025

धनगढीमा वर्षा, राहत महसुस

धनगढी–मङ्गलवार रातीदेखि वर्षा भएपछि धनगढीवासीले राहत महसुस गरेका छन्।

वर्षा नहुँदा धनगढीमा गर्मी बढ्दै गएको थियो। गर्मीका कारण रोपेको धानको बिउ समेत सुक्न थालेको बेलामा पुनः वर्षा भएको छ।

रोपाइँ नभएको स्थानमा पनि वर्षा भएपछि धान रोपाइँ सुरु भएको छ।

यहाँको ५० प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा रहेको छ। अन्य जमिनमा आकासे पानीको भरमा रोपाइँ हुने गरेको छ।
धनगढीको तापक्रम झन्डै ४० डिग्री सेल्सियस रहेको थियो। गर्मी बढेपछि यहाँको जनजीवन समेत प्रभावित बनेको थियो।

सुदुरपश्चिम प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्षा हालसम्म ८१ प्रतिशत रोपाइँ भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार