Friday, September 27, 2024

हावाहुरी पीडितलाई राहत वितरण सुरू

धनगढी– धनगढी उप–महानगरपालिकाले हावाहुरी पीडितहरूलाई राहत वितरण गर्न सुरू गरेको छ।

उप–महानगरपालिकाले मंगलबारदेखि राहत वितरण गर्न सुरू गरेको हो। मंगलबार वडा नं १५ का हावाहुरी पीडितहरूलाई उप–महानगरपालिका कार्यालयबाट राहत वितरण गर्न सुरू गरेको छ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको एक करोड २७ लाख ६५ हजार रकम उप–महानगरपालिकाले मंगलबारदेखि राहत स्वरुप पीडित परिवारलाई वितरण गर्न सुरू गरेको हो।

रातह बुझ्नेहरूको बिहानैदेखि धनगढी उप–महानगरपालिकामा भिडभाड लागेको छ। जेठ २३ गते कैलाली कञ्चनपुरमा हावाहुरी आएको थियो।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले राहत वितरणमा कर्मचारीहरू खटिएको बताए । ‘पीडितको यकिन विवरण सङ्कलन, छानबिन लगायतका धेरै प्रक्रिया पुरा गर्नुपर्ने भएकाले नगद राहत वितरणमा केही ढिलाइ भएको हो,’ नगरप्रमुख वडले भने।

उनले प्राप्त राहत वास्तविक पीडितसम्म पु¥याउने काम भइरहेको बताए।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले हावाहुरी पीडितको उद्धारमा तथा राहतमा खटिने सबै प्रति आभारी रहेको बताइन।

नगरस्तरीय बिपद व्यवस्थापन उप–समितिका संयोजक प्रेमबहादुर विकले धनगढी उप–महानगरपालिका क्षेत्रमा २ हजार ५ सय ४६ जना राहत पाउने बताए। जसमध्य ३ जना पूर्ण क्षति भएका छन्। आंशिक क्षति भएकाहरूले ५ हजार र पूर्ण क्षति भएकाले १० हजार राहत पाउने भएका छन्। उनले जिल्ला बिपद व्यवस्थापन समितिको निर्णय र मापदण्ड अनुसार राहत वितरण भइरहेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार