राहत र पुनःस्थापनामा प्रदेश सरकार सक्रियतापूर्वक लाग्नुपर्छः अध्यक्ष तिमल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राहत र पुनःस्थापनाको काममा प्रदेश सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने बताएका छन्। उनले प्राकृतिक प्रकोपबाट आम नागरिकलाई जोगाउन आवश्यक योजना बनाएर जानुपर्नेमा जोड दिए।

प्रदेश नं १ र २ का बाढीपहिरो पीडितको अवस्थाबारे अनुगमन गरेर काठमाडौँ फर्किने क्रममा अध्यक्ष तिमल्सिनाले चुरेको दोहनले तराईमा वर्षातमा विपत्ति आउने गरेको निरीक्षणका क्रममा पीडितहरुबाट धारणा आएको बताए।

उनले तराईको हुलाकी मार्ग, दशगजा क्षेत्र नजिकै भारत सरकारले बनाएको बाँधका कारण तराईका केही भू–भाग डुबानमा परेका पीडितहरुको भनाइ राख्दै विपद्मा उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी टोलीलाई धन्यवाद दिए।

ताजा समाचार

सम्बन्धित समाचार