सप्तरीमा चट्याङ लागेर तीनको मृत्यु

सप्तरी– मेघगर्जनसँगै आज परेको चट्याङले तीन जनाको मृत्यु भएको छ ।

सप्तरी जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको हो।

तिलाठी कोइलाडी गाउँपालिका–१ बस्ने १५ वर्षीया पुनम यादव, सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने ६० वर्षीय बौकु भनिने हरिहर चौधरी र हनुमानगर कंकालिनी नगरपालिका–११ बस्ने ४५ वर्षीया शिवसतीदेवी पण्डितको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शव परीक्षणका लागि चौधरीको शव लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पतालमा तथा पण्डित र यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार