काठमाडौँ– मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर भएको साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरूमा वर्षा भईरहेको छ।
आगामी तीन दिनको (मंगलबार, बुधबार, बिहिबार) देशको पश्चिम तथा मध्य भूभागहरूमा सामान्यदेखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरूमा र पूर्वी भूभागको केही स्थानहरूमा मेग गर्जनका साथ वर्षाको सम्भावना छ। देशको पश्चिम तथा मध्यका थोरै स्थानहरूमा र पूर्वीका १र२ स्थानहरूमा भारीको सम्भावन रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टा पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ।





