काठमाडौँ– अविरल वर्षाको कारण आएको बाढीपहिरोबाट ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरूको काम सुचारु भइरहेको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण खानेपानी आपूर्ति भएको थिएन।
ललितपुर क्षेत्रमा खानेपानीको अभाव अत्याधिक भएपछि केयुकेएलले मुहानको मर्मतलाई तीव्रता दिईरहेको बताइएको छ।
बाढीका कारण देवकी र बासुकी मुहानमा पुरै क्षति पु–याएको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो।
पहिरोले मुहान र पाइप बगाएरसँगै ललितपुरमा केहीदिन यता खानेपानीको अभाव चर्किंदै गएको छ।





