देशभर भारी वर्षाको सम्भावना, हवाई र सडक यातायातमा अवरोध आउन सक्ने

काठमाडौँ– मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावासंगै स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्यका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदली भई १/२ स्थानहरुमा वर्षा भईरहेको छ।

आज सोमबार दिउँसो देशको पूर्वी र मध्य भूभागमा सामान्य देखी पूर्ण बदली साथै पश्चिमी भूभागमा आंशिक देखि सामान्य वदली रहि पूर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।राती देशको पूर्वी र मध्य भूभागमा सामान्यदेखि पुर्ण बदली साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरूमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।

मंगलबार दिउँसो देशको पूर्वी र मध्य भूभागमा पुर्ण बदली साथै पश्चिमी भूभागमा सामान्य बदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। राती देशको पुर्वी र मध्य भागमा सामान्य बदलीदेखि पुर्ण बदली साथै पश्चिमी भूभागमा सामान्य बदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली अधिकांश स्थानहरूमा वर्षा हुनेछ। देशका केही स्थानहरूमा भारी वर्षा साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ। राती देशभर सामान्य बदली देखि पुर्ण बदली रहि अधिकांश स्थानहरूमा वर्षा हुनेछ। देशको पुर्व र पश्चिमका केही स्थानमा साथै मध्यका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेका कारणले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरूमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार