काठमाडौँ– पछिल्लो समय मनसुनी रेखा नेपालतर्फ आउँदै गरेकाले मंगलरबादेखि मौसम बदली भइ भारी वर्षा हुने संभावना रहेको जल तथा माैसम पूर्वानुमान महाशखाले जनाएकाे छ।
महाशाखाका अनुसार हाल भारतीय आकाशमा रहेको न्यून चापीय रेखा नेपाल तर्फ सर्दै गरेकाले मंगलबार भारी वर्षाको संभावना रहेको हो।
हाकाहाकीसँग कुरा गर्दै मौसमविद् विभूति पोखरलेले मंगलबारदेखि भारी वर्षाको संभावना रहेको र बाढी तथा पहिराे आउन सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरिन्।
हाल मनसुनी वायु नेपालको दक्षिणी भूभागमा भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावको कारण केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको छ।
महाशाखाका अनुसार आइतबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। त्यसैगरि आइतबार राती देशका पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली साथै मध्य र पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।
सोमबार र मंगलबार देशको पूर्वी र मध्य भूभागमा सामान्य देखि पूर्ण बदली हुनुका साथै पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ । पूर्व तथा मध्यका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ।





