डडेल्धुराका ८ वन समूह पुरस्कृत

महेन्द्रनगर–डिभिजन वन कार्यालय डडेल्धुराले जिल्लाका ८ वटा वन समूहलाई पुरस्कृत गरेको छ। वन क्षेत्रको विकास तथा संरक्षणमा सफल भएका वन समूहलाई पुरस्कृत गरिएको हो।

सामुदायिकका ४ र कबुलियतीका ४ वन समूहलाई नगदसहित पुरस्कृत गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आर्चायले बताए। उनका अनुसार सामुदायिक वनतर्फ पशुराम नगरपालिका–५को एडि सामुदायिक वन उपभोक्ता समूह प्रथम, अमरगढी नगरपालिका–७ को शितल सामुदायिक वन उपभोक्ता समूह द्वितीय, नवदुर्गा गाउँपालिका–१को सल्लेरी सामुदायिक वन उपभोक्ता समूह र भागेश्वरी गाउँपालिका–१ को पातल सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका छन्।

प्रथम, द्वितीय र तृतीय सामुदायिक वन उपभोक्ता समूहलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी कबुलियतीतर्फ आलिताल गाउँपालिका–६ को रातारणालि कबुलियती वन उपभोक्ता समूह प्रथम, अजयमेरु गाउँपालिकाको महिला शुन्दरी कबुलियती वन उपभोक्ता समूह द्वितीय र भागेश्वर गाउँपालिका–४ को वनदेवी कबुलियती वन उपभोक्ता समूह र गन्यापधुरा गाउँपालिकाको शिखर कबुलियती वन समूह तृतीय भएका छन्।

उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लामा सामुदायिकतर्फ ४ सय ८६ र कबुलियतीतर्फ १ सय ८८ वटा वन समूहमा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार