काठमाडौँ– सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको छ ।यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दैप्राधिकरण गठनको तयारी शुरु भइसकेको र छिट्टै गठन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
प्राधिकरण गठनका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गरिने महासेठले जानकारी दिए।यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको मन्त्री महासेठको भनाई छ।





