डेढ लाख विरुवा रोप्दै धनगढी उपमहानगर

कैलाली– धनगढी उपमहानगरपालिकाले यस आर्थिक वर्ष भित्र डेढ लाख विरुवा रोप्ने भएको छ।
धनगढीलाई ‘ग्रिन सिटी’ बनाउने अभियान अन्तर्गत उपमहानगरले चालु आर्थिक वर्ष २०७६/०७७ मा एक लाख पचास हजार फलफूलका विरुवा रोप्ने भएको हो।

गत वर्ष उपहानगरपालिकाले नगरको वातावरण स्वच्छताका लागि १५ हजार बिरुवा रोपेको थियो। यो वर्षपनि शहरका सडक छेउछाउ तथा नगरका प्रत्येक घरघरमा फलफूलका बोटविरुवा रोप्ने भएको छ।

‘नगर क्षेत्र भित्रका मुख्य सडकहरूको दायाँ बायाँ हरियाली एवम् सौन्दर्य बढाउन वृक्षारोपण गरिने छ। साथै त्यसको संरक्षण पनि गरिने छ,’उपमहानगरपालिकाका मेयर निर्प वर्डले भने।

उपमहानगरपालिकाले प्रत्येक घर धुरीलाई आँप, अम्बा, लिची र मेवा जस्ता फलफूलका बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण समेत गरेको छ।

गत वर्ष निःशुल्क वितरण गरिएकोमा ती विरुवाको संरक्षण नभएकाले यो वर्ष ७५ प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गरिएको मेयर वर्डले बताए। यसका लागि १२ हजार फलफूलका विरुवा खरिद गरिएको छ। उपमहानगरपालिकाले २ फलफूलका बिरुवा प्रत्येक घरधनीले लगाउनु पर्ने अनिवार्य व्यवस्था समेत लागू गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार