मध्य र पूर्वी भूभागमा मनसुनी वर्षा जारी, सतर्क रहन आग्रह

काठमाडौँ– मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य देखि पूर्ण वदली रही पश्चिम क्षेत्रमा आंशिक देखि सामान्य वदली रहेको छ। साथै पूर्वी र मध्य क्षेत्रका थोरै र पश्चिम क्षेत्रका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षा भइरहेको छ।

शुक्रबार दिउँसोदेशभर आंशिकदेखि सामान्य वदली रहि केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पूर्वी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राती देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहि केही स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारी वर्षा हुने सम्भावना छ। राती देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतवार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहि केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारी वर्षा हुने सम्भावना छ। राती देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने र पहाड तथा चुरे वाट बहने खोलाहरूमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार