साझा बसमा सरकारको ३ अर्ब शेयर

काठमाडौँ– सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न शेयर मार्फत ३ अर्ब रुपैयाँ प्रदान गरेको छ।

विहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरको रुपमा साझा यातायातलाई प्रदान गरेको जानकारी दिए।

सरकारले प्रदेश तीनको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत् साझा यातायातको व्यवस्थापनमा विद्युतीय बस सञ्चालन गर्न लागेको उनको भनाई छ।

मन्त्री बास्कोटाले विद्युतीय बसमा निजी क्षेत्रलाई पनि सहभागी गराउने सरकारको योजना अनुसार काठमाडौँका विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउने, विद्युतीय सवारी खरिद प्रक्रिया अघि बढाउने काम बाँकी रहेकोले विद्युतीय बस सञ्चालन हुन केही समय लाग्ने यसअघि नै बताएका थिए।

प्रदेश सरकारले १३ वटै जिल्ला र अन्तर प्रदेश सवारी सञ्जाल विस्तार गरेर नागरिक आवागमन सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन आगामी वैशाखबाटै विद्युतीय यातायात सञ्चालनमा ल्याउने तयारी गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार