बाढीपहिरोको कारण हालसम्म ९० जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौँ– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहिबार साढे १० बजेसम्म ९० जनाको मृत्यु भएको छ।

बाढीपहिरो र डुबानमा परी झापामा ३, ईलाममा १, पाँचथरमा १, मोरङमा ५, सुनसरीमा २, खोटाङमा ३, भोजपुरमा ५, संखुवासभामा १, ओखलढुङ्गामा ४, उदयपुरमा १, सिराहामा ६, धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा १, रौतहटमा १०, बारामा २, पर्सामा ३, रामेछापमा १, सिन्धुलीमा ५, काभ्रेपलाञ्चोकमा ३, ललितपुरमा ६, काठमाडौँमा ३, मकवानपुरमा ५, धादिङमा २, पाल्पामा १, दाङमा २, कपिलवस्तुमा १ र डोल्पामा ४ गरी ९० जनाको मृत्यु भएको हो।

ताप्लेजुङमा १, मोरङमा १ हजार ५ सय ३९, सिराहामा ५ हजार , सर्लाहीमा २ हजार ४ सय, रौतहटमा १ हजार १ सय १०, बारामा १ हजार ६ सय ६५, पर्सामा १ सय २० र डोल्पामा ४ गरी ११ हजार ८ सय ३९ घरधुरी अस्थाई रुपमा विस्थापित भएका छन्।

बाढीपहिरोमा परी २९ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ। साथै ४१ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार