काठमाडौँ– बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५ सय भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।
अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बस्ती, बाढीमा फसेका जनावरका लागि सहायता गरिएको हो ।
पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी जिल्लाका प्रभावित पशुपक्षीका साथै जनावरलाई बाढीपछि पशुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाइएको छ।
हाल दुवै संस्थाको गरी १४ जनाको टोली निरन्तररूपमा तराईका जिल्लामा सहायताको लागि खटिएको जनाइएको छ।





