Friday, September 27, 2024

जनचेतनाको कमीले विषादीको मात्रा बढ्दो

काठमाडौँ। कृषकहरुमा पर्याप्त जनचेतनाको अभावले फलफुल र तरकारीमा विषादीको मात्रा बढ्दै गएको विज्ञहरुले बताएका छन् ।  बुधवार काठमाडौँमा आयोजित ‘विज्ञान संवाद तरकारी फलफूलमा विषादीको प्रयोगः समस्या र समाधान’ विषयक कार्यक्रममा बोल्दै सम्बन्धित मन्त्रालयका सचिव तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वैज्ञानिकहरुले तरकारी तथा फलफूलमा रहेको बढ्दो विषादी प्रयोगबारे आपत्ति समेत जनाएका छन् ।

विकल्प कौसी खेतीः  सुनिल बाबु श्रेष्ठ, उपकुलपति,नास्ट
पछिल्लो समय जनचासोमा आएको तरकारी तथा फलफुलको विषादीको समस्यालाई उजागर गरेर समाधानको प्रयास गरि सम्बन्धित निकायमा निचोड पु¥याउने काम भइरहेको श्रेष्ठले बताएका छन् ।सहरी खेतीलाई प्रोत्साहन दिने हो भने आत्मनिर्भर बनाइ काठमाडौँलाई पूर्ण हरियाली सहरको रुपमा विकास गर्न सघाउ पु¥याउने उनको तर्क छ ।‘प्रविधिमा आधारित रहेर मलखाँद र पानीको न्युनतम प्रयोग गरेर कौशी खेतीमा धेरै उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘यसले विषादी तथा तरकारी आयात कम गर्नुको साथै आत्मनिर्भर गर्नमा सहयोग गर्दछ ।’

मौका दिए उपकरण प्रयोग गर्न सक्छौँः  सजनलाल स्याउला,वैज्ञानिक नास्ट 
बालीनालीको समस्यालाई समाधानको लागि प्रयोग भएको विषादीको दुरुपयोग हुँदा वरपरको वातावरणलाई असर गरेको स्याउला बताउँछन् । सम्बन्धित निकायबाट नास्टलाई मौका दिने हो भने विषादी परिक्षण एवम् विश्लेषण गर्न सक्ने उनको भनाई छ ।‘भारतबाट आएको तरकारी तथा फलफूलको परिक्षण गर्न नास्टमा रहेको एच.पि.एल.सी उपकरणको प्रयोग गरेर विश्लेषण गर्न सक्छौँ,’ उनले भने, ‘तरकारीसँगै आएको सर्टिफिकेट आएको हुन्छ, त्यसको आधारमा पनि परिक्षण गर्न सकिन्छ तर प्रत्येक वस्तुलाई सम्भव छैन ।’तरकारी तथा फलफूलमा भएको विषादीको परिक्षणलाई मापन गर्न नास्टमा ३ वटा मेसिन रहेको उनले बताएका छन् ।

सिमानामा परिक्षण गर्नु अनुचितः युवकधोज जी.सी,सचिव,कृषि मन्त्रालय
विकसित देशहरुले विषादीको रुपमा तयार पारेको तरकारी तथा फलफूलको विषादी नेपालीले प्रयोग गर्न नजान्दा अहिले पासोको रुपम देखापरेको जी.सी.ले बताए ।‘लखनउसम्म गाडीको जाम पु¥याएर जाँच गर्ने कुरा आयो, तर, यो अन्र्तराष्ट्रिय स्तरमा हेर्दा कुनैपनि ठाउँमा यस्तो काम हुँदैन,’ उनले भने, ‘विषादी हालेको तरकारी तथा फलफुल खाएर मरिहाल्ने हो भने आज हाम्रो भेट नै हुँदैनथ्यो ।’ तरकारी तथा फलफूलको विषादी परिक्षण भारत र नेपालको सिमानाका सम्भव नभएकोले सरकारको कदम प्रति आपत्ति जनाएका छन् ।

आयातमा कमी गर्नुपर्ने आवश्यकताः  कृष्ण राज वि.सी,सचिव,कृषि, विज्ञान तथा प्रविधि मन्त्रालय
बजारबाट भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा मिडियाबाट प्रचार भएजस्तो भयावह अवस्था नरहेको वि.सी.ले बताएका छन् । ‘केही बर्ष अगाडिसम्म सामान निर्यात गथ्र्यौ, तर आज निर्यात गर्न नसकेपनि आयातमा भने कम गर्न तर्फ लाग्नु पर्छ,’ उनले भने, ‘त्यसको लागि हामिले आन्तरीक क्षमतालाई बढाउनु पर्ने हुन्छ।’

ऐन तत्काल पारित गर्नुपर्छः  डिल्लीराम शर्मा, प्रमुख,प्लाण्ट क्वारेन्टाइन एंव विषादी व्यवस्थापन केन्द्र
अरु देशमा विषादी भनेको विष भन्ने थाहा छ तर नेपालमा विषादीलाई औषधी भन्ने बुझाइले समग्र कृषि क्षेत्र नै प्रभावित परेको शर्माको भनाई छ । आफुले २० बर्षदेखि गर्न नसकेको काम केहि दिन अगाडि बजारमा आएको विषादीको हल्लाले जनचेतनाको वृद्धि भएकोमा खुसी भएको उनले बताए । ‘विषादी भएका जुनसुकै तरकारी तथा फलफूल तथा तरकारी किसानले बजारमा ल्याउनेलाई १ लाख जरिवानाको साथै ३ बर्ष जेलको सजाय दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि, स्वतः कानुनको डरले पनि उनीहरुले विषादीको कम प्रयोग गर्छन् ।’ तल्लो सदनबाट नयाँ ऐन पारित भएपनि यसलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता हुँदाहुँदै सरकारले अड्काएर राखेको भन्दै उनले दु्खेको पोखेका छन् । ऐन पारित गरेपछि अरु केहि गर्नु नपर्ने, धेरै हदसम्म समस्या निराकरण गर्ने उनको दाबी छ ।

ताजा समाचार

सम्बन्धित समाचार