काठमाडौँ– अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये २९ जना महिला ५४ जना पुरुष रहेका छन्।
बाढी पहिरोमा परेका १७ हजार ४ सय ३० जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी पहिरोमा परी ३५ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ। साथै ४१ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रदेश अनुसार मानवीय क्षतिको विस्तृत विवरण उल्लेख गरी हाकाहाकीकर्मी सुनित वैद्यले इन्फोग्राफ तयार पारेका छन्।






