Friday, September 27, 2024

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना आफै भत्काउने दुई जनालाई सम्मान

धनगढी–धनगढी उप–महानगरपालिकाले सडक क्षेत्रमा पर्ने आफ्नो संरचना आफै भत्काउने दुई जनालाई सम्मान गरेको छ ।

सोमबार चौथो नगर सभा समापन कार्यक्रममा सडक क्षेत्रमा परेको संरचना आफै भत्काएर विकासमा सहयोग गर्ने सचेत नागरिकको रूपमा धनगढी उप–महानगरपालिका २ कि डम्बर देवी भट्ट र धनगढी उप–महानगरपालिका १ एलएन चौकका प्रकाश जंगबहादुर स्वाँरलाई सम्मान गरेको छ। उनीहरूलाई दोसल्ला र कदरपत्रका साथ नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले सम्मान गरेका थिए।

उपमहानगरपालिकाले यसअघि सडक अतिक्रमण गरी बनाएका संरचना भत्काउने नगरवासीलाई सम्मान गर्न जनाएको थियो।

त्यसैगरी धनगढी उप–महानगरपालिकामा सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा किशोर सिलवाल र नियमित कर तिर्ने व्यक्तिको रुपमा अन्नपूर्ण गुप्तालाई सम्मान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार