Friday, September 27, 2024

बाढी र पहिरोले प्रदेश १ मा साढे ८१ करोडको क्षति

काठमाडौँ– वर्षाका कारण आएको बाढी र पहिरोले प्रदेश १ को कृषि क्षेत्रमा करोडको क्षति गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पशुपन्छी र बालीमा गरी ८१ करोड ५४ लाख ७२ हजारको क्षति भएको जनाएको छ। पशुपन्छी तर्फ २५ लाख असी हजारको र बाली तर्फभने ८१ करोड अठ्ठाईस लाख बयानब्बे हजार बरारबरको क्षति भएको हो।

मन्त्रालयका अनुसार असारमा परेको भारी वर्षाका कारण  मकै, तरकारी, चैते धान, बर्से धान, अलैची तथा पशुपंक्ष तर्फ कुखुराका चल्ला, कुखुरा, गाई बंगुरमा क्षति भएको छ।

वर्षा र बाढीले अन्य प्रदेशको कृषिमा भएको क्षति विवरण आउन नसकेको मन्त्रालयले जनाएको छ। कृषिमा क्षति हुँदा २ हजार ४ सय ४६ घरधुरी प्रभावित भएका छन्।

प्रदेश २, ३ र ५ को विवरण संकलन भइ नसकेको मन्त्रात्रलयले जनाएको छ। प्रदेश ४ मा वर्षातका कारण क्षति भएको विवरण प्राप्त नभएको तर अन्य हावाहुरी र असिनाका कारण क्षति भएको विवरणमा उल्लेख छ । विवरण अनुसार प्रदेश ६ र ७ मा भने वर्षाले कृषि र पशुपन्छीतर्फ क्षति भएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार